Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

भुपेन्द्र बुढाथोकी भन्छन : कोही मानिस अमर हुँदैन तर उसले रचेका गीत संगित सधै रहि रहनेछन

भुपेन्द्र बुढाथोकी भन्छन : कोही मानिस अमर हुँदैन तर उसले रचेका गीत संगित सधै रहि रहनेछन

  • फाल्गुण ८, २०७९ सोमवार
  • १४:१०:२० बजे
  • 338
    SHARES
  • भुपेन्द्र बुढाथोकी भन्छन : कोही मानिस अमर हुँदैन तर उसले रचेका गीत संगित सधै रहि रहनेछन

    दाङ्गका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकी नेपालको पहिलो युट्युबको सिल्भर बटन पाउने प्रहरी निरीक्षक भएका छन्। गीतकारसमेत रहेका भूपेन्द्र आफूले गरेका रचनाहरु युट्युबबाट सार्वजनिक गरेर नै युट्युबको सिल्भर बटन पाएका हुन्।327548800_896824718125848_1746673307176899537_n.jpg

    आफ्नै भूपेन्द्र बुढाथोकी नामक युट्युब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै उनले सामाजिक संजालमा पोष्ट गरेका छन्।

    उनले आफ्नै नामबाट यो युट्युब पैसा कमाउन खोलेको भने होइन। नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युट्युब बनाएका हुन्। यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन्। तर सस्क्राइबर भने एक लाख पुगेको छ। गीत बाहेक अन्य भिडियोसमेत उनले युट्युबमा राखेको छैनन्। पेसा अर्कै भएकोले मानिसबाट नेगेटिभ कुरा आउने डरले आफूले गीत बाहेकको अन्य भिडियो युट्युबमा नराखेको बताउछन्।

    एक लाख सस्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए। आफ्नै नामको युट्युब च्यानल एकलाख सस्क्राइबर समेत पाउन सफल भए। आफ्नै नामको भूपेन्द्र बुढाथोकी युट्युब च्यानल एकलाख सस्क्राइबर पुगेको हुँदा आज युट्युबको तर्फबाट यो सिल्भर प्ले बटन अवार्ड पाउनसफल भएको छु । कोही पनि मान्छे महर हुँदैन। तर आफूले रचेका गीतसंगीत सधैँ ररिरहने छन्।’328204163_708038324305904_5613451648329734784_n.jpg

    उनले गीत लेखनबाट धेरै गीतसंगीतका अवार्ड समेत हात पारेका छन्। ‘फुल भनौँ जिन्दगीलाई’ गीतबाट पहिलो अवार्ड पाएका उनले गायक प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ भन्ने गीतबाट गीतबाट दोस्रो अवार्ड समेत पाएका छन्।

    अहिले उनी प्रहरी निरीक्षककोरुपमा मुगुमा कार्यरत रहेका छन्।

  • सम्बन्धित विषय:

  • # भुपेन्द्र बुढाथोकी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij