Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

निरा छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

निरा छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

  • माघ १२, २०७९ बिहिवार
  • ००:१५:२३ बजे
  • 183
    SHARES
  • निरा छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

    बागलुङको बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

    यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । 

    गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको थियो । यो राहत उनको परिवारको घाउमा मलहम लगाउने प्रयास भएको उनको भनाइ छ । 

    “हामीले एक जना राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिङ्गो राज्य स्तब्ध भएको अवस्था छ”, उनले भनिन्, “यस घडीमा उहाँको परिवारलाई सहयोगको  आवश्यक छ ।” उनले छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने बताइन् । रासस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij