Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

कलाकार संघको चैत्र ४ गते अधिवेशन : मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

कलाकार संघको चैत्र ४ गते अधिवेशन : मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

  • पौष २३, २०७९ शनिवार
  • २२:३७:०० बजे
  • 1.1K
    SHARES
  • कलाकार संघको चैत्र ४ गते अधिवेशन : मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

    काठमाडौ: नेपाल चलचित्र कलाकार संघमा वरिष्ठ कलाकार मोहन मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनलेले आगामी चैत्र ४ गते १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनमा उनले अध्यक्ष पद रोजेका हुन् ।

    United Club Dec 25

    बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

    उक्त विज्ञप्ती जारी भएसँगै कलाकार निरौलाले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

    यसअघि २०७६ जेठ २५ गते भएको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा रविन्द्र खड्का विजेता बनेका थिए । यसपटकको निर्वाचनमा संघको स्थापनाकालदेखि विभिन्न पदमा सक्रिय रहेका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । निरौला अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भएपछि अन्य कलाकारहरुले यसमा दावी गरेका छैनन्।

    चलचित्र कलाकार संघ वि.सं. २०४५ भदौ २३ गते स्थापना भएको थियो । जुन अहिले पनि सक्रिय संस्था हो । कलाकारको हक हितका लागि भनेर संघ स्थापना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मोहन निरौला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij