Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

‘ह्रस्व दीर्घ’मा टिकटक स्टार गरिमा शर्माको इन्ट्री

‘ह्रस्व दीर्घ’मा टिकटक स्टार गरिमा शर्माको इन्ट्री

  • पौष १८, २०७९ सोमवार
  • १२:४२:२८ बजे
  • 1.4K
    SHARES
  • ‘ह्रस्व दीर्घ’मा टिकटक स्टार गरिमा शर्माको इन्ट्री

    काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा कलाकारको रूपमा गरिमा शर्मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि शर्मालाई अनुबन्धित गरेको हो ।

    फिल्मका लागि केही दिनअघि अभिनेत्री बिपना थापा र रबीन्द्र झा पनि भित्रिएका थिएन । शर्माले प्रदर्शनको तयारमा रहेको फिल्म ‘लन्डन टु पेरिस’ बाट अभिनेत्रीको रूपमा फिल्ममा डेब्यु गरेकी हुन् ।

    चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

    फेब्रुअरी १ देखि छायाङ्कन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको  छायाङ्कन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायाङ्कन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ । 

     यो पनि:

  • सम्बन्धित विषय:

  • # गरिमा शर्मा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij