Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

लोकगायक नविन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान

लोकगायक नविन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान

  • पौष १७, २०७९ आइतवार
  • १९:४६:१२ बजे
  • 1.4K
    SHARES
  • लोकगायक नविन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान

    लोक गायक नविन पौडेल एक हजार अमेरिकी डलर राशीसहितको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ बाट सम्मानित भएका छन् । हेम सरिता पाठक फाउण्डेसनले राजधानीमा एक कार्यक्रमकाबीच पौडेललाई उक्त पुरस्कार प्रदान गरेको हो ।

    कार्यक्रममा वरिष्ठ कलाकार हरिवंंश आचार्य, फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति अध्यक्ष जेनी पाठक, वरिष्ठ राजनीतिज्ञ दिनानाथ शर्मा, साहित्यकार राधेश्याम लेकाली लगायतले पौडेललाई उक्त पुरस्कार प्रदान गरेका थिए । यसअघि राष्ट्रपतिबाट जनसेवाश्री, नेपाल प्रवीण मानपदवी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ५० हजार नगद राशिसहित प्रादेशिक प्रतिभा पुरस्कार,  नुरगँगा प्रतिभा पुरस्कार, हिमालयन म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, विन्दवासिनि म्युजिक अवार्ड लगायत पौडेलले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

    कार्यक्रममा दुई हजार डलर राशीको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार यो हो टेलिभिजनका समाचार प्रमुख तथा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै एकहजार डलर राशीसहितको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि मनोज विश्वकर्माले पाए ।

     यो पनि:

  • सम्बन्धित विषय:

  • # नविन पौडेल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij