Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

के पाचौं विवाह गर्दैछन् छविराज ओझा, पूर्व पत्नी रेखालाई पठाए यस्तो सन्देश

के पाचौं विवाह गर्दैछन् छविराज ओझा, पूर्व पत्नी रेखालाई पठाए यस्तो सन्देश

  • मंसिर १०, २०७९ शनिवार
  • १४:०३:२५ बजे
  • 574
    SHARES
  • के पाचौं विवाह गर्दैछन् छविराज ओझा, पूर्व पत्नी रेखालाई पठाए यस्तो सन्देश

    निर्माताको रुपमा एउटा नयाँ उचाई चुम्न सफल छविराज ओझाको वैवाहिक जीवन भने आरोह अवरोहका विच वितेको छ । जेठी श्रीमती गिताञ्जली सुनुवारको मृत्युपछि छविले हेमा ओझासँग नयाँ अर्थात दोसञे विवाह गरे। हेमाबाट एक सन्तान भएपछि उनीहरुको सम्बन्धमा दरार आयो । त्यसपछि ओझाले रेखा थापासँग तेस्रो विवाह गरे । रेखासँग पनि उनको सम्बन्ध टिकेन । त्यसपछि उनले शिल्पा पोखरेललाई घर भित्राए ।

    विवाह बन्धनमा बाँधिएर एउटै घरको छतमुनि बस्न थालेको वर्षौं भइसके पनि छवि र शिल्पाले आफ्नो फिल्म रिलिजको बेला फन्डा गर्न बिहेको कुरा लुकाएर राखेका थिए । तर, जब शिल्पाले २०७६ सालमा प्रहरी कार्यालयमा छविविरुद्ध घरेलू हिंसाको आरोपमा उजुरी दिइन् तब मात्र उनीहरुको बिहे भइसकेको कुरा छताछुल्ल भयो । त्यसयता छवि र शिल्पा अलग(अलग बस्दै आएका छन् ।

    एउटा घरजम टुट्नसाथ अर्को विवाह गरिहाल्ने छवि चौंथो घरबार पनि बिग्रिएपछि अब विवाह नगर्ने मनस्थितिमा छन् । बुधबार ५८ वर्षको जन्मदिन बनाउने क्रममा उनले अब विवाह नगर्ने घोषणा नै गरे । पत्रकार अनुप भट्टराईले ओझाको बर्थ(डे सेलिब्रेसन फेसबुकमा लाइभ गर्ने क्रममा एक व्यक्तिले विवाहको बारेमा सोधेको प्रश्नमा उनले हाँस्दै भने, ‘अब विवाह कहिल्यै खाना पाइन्न ।’

    अर्का एक व्यक्तिले प्रतिनिधिसभामा रेखा थापाको कमजोर मत परिणामबारे जिज्ञासा राख्दा ओझाले रेखालाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जित र हार भन्ने कुरा भइरहन्छ । त्यसबाट आत्तिनु हुन्न । फिल्मबाट उहाँ राजनीतिमा जानुभएको छ । राजनीतिमा ग्राउन्ड लेभलबाट अगाडि बढ्दै जानुपर्ने हुन्छ । वैवाहिक सम्बन्ध टुंगिए पनि फिल्म निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीचको सम्बन्ध आत्मीय देखिन्छ । महत्वपूर्ण सन्दर्भ र अवसरमा यी दुईले एकअर्कालाई बधाई तथा शुभकामना दिइरहेका हुन्छन् । रेखाले पनि छविलाई उनको जन्मदिनसहितका अवसरमा शुभकामना दिइरहेकी हुन्छिन् ।

    अबको पाँच वर्षपछिका लागि उहाँले ग्राउन्ड लेभलबाट आफूलाई तयार गर्नुपर्छ ।’ त्यस्तै, अर्का एक व्यक्तिले रा।स्व।पाका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेको जीवनीमाथि फिल्म बनाउन आग्रह गर्दा उनले दर्शकबाट माग आए आफू तयार रहेको बताए । चाँडै ओझा निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउँदैछन् । यो फिल्म एक किताबमाथि आधारित भएर निर्माण हुनेछ । जेलको भित्ता तोडेर भाग्ने कैदीको कथामाथि फिल्म बन्न लागेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij