Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

संस्थागत खुल्ला लोक दोहोरी प्रतियोगीतामा ठमेल समिती प्रथम

संस्थागत खुल्ला लोक दोहोरी प्रतियोगीतामा ठमेल समिती प्रथम

  • जेठ २५, २०७९ बुधवार
  • ००:५६:१० बजे
  • 635
    SHARES
  • संस्थागत खुल्ला लोक दोहोरी प्रतियोगीतामा ठमेल समिती प्रथम

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय बानेश्वर कोटेश्वर समितीले आयोजना गरेको “संस्थागत लोक दोहोरी गीत प्रतियोगिता” भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा ठमेल समिती प्रथम, लाजिम्पाट समिती द्वितीय, नयाँ बसपार्क समिती र बानेश्वर कोटेश्वर समिती तृतीय हुन सफल भएका छन् , भने उत्कृष्ट गायक तर्फ टेकराज भण्डारी, उत्कृष्ट गायिका तर्फ कामना वलि छनौट भएका छन् ।

    उक्त प्रतियोगितामा मुख्य प्रायोजन बागेश्वरी खड्का हाउजिङ एण्ड डेभल्पर्स प्रा.ली.ले गरेको हो भने प्रथम पुरस्कार धन थापा, दोस्रो पुरस्कार क्षितिज कुमार श्रेष्ठ, तेस्रो पुरस्कार बिनोद श्रेष्ठ र बिष्णु खड्काले प्रायोजन गरेका हुन् । 

    प्रतियोगिता जितेको ठमेल समितिले उक्त प्रतियोगिताको प्रथम संस्करणमा समेत अर्जुन खड्का र शोभा खड्का प्रथम भयका थिय भने अहिले पुनः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय बानेश्वर-कोटेश्वर समिती द्वारा आयोजित संस्थागत खुल्ला लोकदोहोरी प्रतियोगीताको दित्तिय संस्करणमा समेत अर्जुन खड्का र ज्ञानु ठाडा मगर प्रथम भयका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij