Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

युकेमा नेपाली कलाकारकाे बढ्दाे माग, सांगितिक कार्यक्रममा रमाउदै कलाकार

युकेमा नेपाली कलाकारकाे बढ्दाे माग, सांगितिक कार्यक्रममा रमाउदै कलाकार

  • जेठ १२, २०७९ बिहिवार
  • ११:२९:०१ बजे
  • 936
    SHARES
  • युकेमा नेपाली कलाकारकाे बढ्दाे माग, सांगितिक कार्यक्रममा रमाउदै कलाकार

    केपि कुमार जलन ,बागलुङ लामाे समय सांगितिक क्षेत्रमा संघर्ष गरेका कलाकारहरूकाे बैदेशिक यात्रा मुख्य लगानिकाे श्राेत मानिन्छ । भिसा एपलाई गरि कार्यक्रमकाे प्रतिक्षारत गरेका कलाकार बिदेश पुग्नु जिवनकै खुसियालीमा परिणत हुन्छ यसाे त राम्राे आम्दानि हुने र बैदेशिक यात्राकाे पर्खाईमा थुप्रै कलाकार रहेका हुन्छन जसले कलाकारकाे अार्थिक पाटाेमा निकै सघाउ पुग्ने गर्छ । लामाे समय सांगितक यात्रामा निरन्तर संघर्ष गरि माेफसलमा रहेर पत्रकारीता संगै गित संगितमा निरन्तर खटि रहनु भयका गायक संचारकर्मि कृष्ण अखेलीकाे पहिलाे बिदेश भ्रमण रहयाे । गायक अखेलीले संचार काे क्षेत्रमा रहेर कर्म गर्दे आउनु भयकाे छ ।

    पहिलाे पटक अप्रिल २२ मा युके पुग्नु भयका गायक कृष्ण अखेली र चर्चित लाेक दाेहाेरी गायिका तुलसा क्षेत्रीलाई बेलायतकाे हिथ्राे बिमानस्थलमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका संरक्षक राेहित गुरूङ लगायतकाे टाेलिले भब्य स्वागत गर्नु भएकाे थियाे । शिव कल्चरल कम्युनिटि सेन्टर युकेले अायाेजना गरेकाे च्यारीटी डिनरका लागि अप्रिल २२ तारिक युके प्रस्थान गर्नु भयका कलाकारद्वय अखेलि र क्षेत्रीले यति बेला प्रबासमा रहेका नेपालीहरू लाई भरपुर मनाेरञ्न दिनु भएकाे छ ।

    बेलायकाे विभिन्न शहरमा अायाेजनमा गरिएकाे सांस्कृतिक साझमा रमाई लाईभ दाेहाेरी , एकल प्रस्तुतिले भरपुर मनाेरञ्जन दिनु भएकाे छ हरेक दिन सांगितिक माहाेलमा रमाईरहेकाे बेला विभिन्न संघ संस्थाले ,अायाेजना गरेकाे कार्यक्रममा भ्याई नभ्याई छ ,यसाे त उहाहरू 8 star swindon presents रमझम साझ स्विडन,श्रि पशुपति नाथ मन्दिर अफ युके,मदत समूह हिलियर मार्डेन लण्डन , गार्डेन लण्डनकाे बार्षिक कार्यक्रम ,वेष्टमिडल्याण्ड,माेना युके,बागलुङ समाज युके,म्याग्दी समाज माेना युके,शिव मन्दिर युके, घाचाेक समाज युकेले अायाेजना गरेकाे बिबिध सांगितिक साझमा ब्यस्त रहनु भयकाे छ ।

    यस्तै अप्रिल २३ तारीक सम्पन्न भयकाे बागलुङ समाज युकेकाे बार्षिक भेटघाट कार्यक्रमकाे लागि बागलुङ समाज युकेकाे विशेष निमन्त्रणमा सांगितिक कार्यक्रमकाे लागि अप्रिल २७ मा बेलायत प्रस्थान गरेका गायक रेशम निर्दाेश र गायिका अनुपा थापा मगर पनि यतिबेला बेलायतकाे विभिन्न शहरमा सांगितिक कार्यक्रमकाे लागि ब्यस्त रहेका छन  ।

    पहिलाे पटक सांगितिक कार्यक्रमकाे लागि युके पुगेका कलाकारद्वय निर्दाेश र थापा अहिले बेलायतकाे नेपाली समाज नटिङघमले आयाेजना गरेकाे सास्कृतिक साझ,द गाेर्खा कनर बार,लण्डन चाल्टन,सनराईज ईभेन्ट युके ,म्याग्देलि मगर संघ युके, हिलरि गाडन,लगायतका स्थानहरूमा सांगितिक माहाेलमा रमाईरहेका छन । पछिल्लाे समय बेलायत नेपाली कलाकारकाे आम्दानिकाे अायस्राेत बन्न पुगेकाे छ । काेराेना कहरकाे कारण बिदेशमा हुने कार्यक्रम राेकियका थिय काेराेना कहर बिस्तारै कम हुँदै गयपछि बिदेशमा विभिन्न कार्यक्रमहरू हुन थालेका छन , कलाकारकाे पहिलाे राेजाई बिदेश हुने गर्छ ।

    यसै साता गायक हेमन्त कान्छा रसाईली ,बिमला श्रिस, शान्त रानी परियार, अस्मिता डल्लाकाेटी,विशाल रायमाझि,माेडल रिना थापा मगर,बिलन थापा,गगन पुन,नीर अाले, लगायतका नेपाली कलाकारहरू विभिन्न सांगितिक कार्यक्रममा ब्यस्त रहेका छन ,

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij