Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

  • जेठ ८, २०७९ आइतवार
  • १७:४८:२० बजे
  • 1.6K
    SHARES
  • गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

    लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो ।

    डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धन बहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरे ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गर्दै राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जितेपछि एकाएक चर्चामा आएकी थिइन् ।

    समकालीन लोकदोहरीमा छुट्टै पहिचानसहित सबैले अत्याधिक रूचाईएकी डल्लाकोटी केही हप्ता देखि बेलायतका बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा व्यस्त रहेकी छन् । उनी नेपालमा समेत अत्यन्तै ब्यस्त र सबैको माग हुने कलाकारमा पर्छिन ।

    सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत संस्थाका पूर्वअध्यक्षहरु राम बहादुर गुरूड्, बम ब्लदेन लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको संस्थाका महासचिब बुद्दी बहादुर तामाङले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # अस्मिता डिसी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij