काठमान्डौ -नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी गायकलाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।
रबिन लामिछाने संयोजक रहेको संस्थाको पहिलो अधिबेशन बाट रबिन पुन अध्यक्षमा सर्वसम्मत बिजयी भएका छन।उनि संगै धेरै कलाकारहरु अध्यक्षको लागि दाबेदार देखिएका थिए तर रबिनलाइ यो पटक भने संस्थाको नेतृव लिन आग्रह गर्दै सबैले समर्थन गरे संगै रबिन अध्यक्ष पदमा निर्बिरोध अध्यक्ष बनेका हुन्। लोकप्रिय गायिका बबिता बानिया जेरी भने संस्थाको बरिष्ठ उपाध्यक्ष पदमा बिजयी भएकी छिन्।
प्रत्यक्ष दोहोरी कलाकारहरुको संस्था ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को पहिलो अधिबेशन भब्यताको साथ् सम्पन्न भएको छ। गायक रबिन लामिछाने अध्यक्षमा सर्वसम्मत बिजयी भएका छन। हाम्रो तर्फ बाट रबिन लामिछाने लगायत सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना :
प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको प्रथम अधिवेशन आज सम्पन भएको छ | काठमाडौ बालाजु स्थित सगुन क्याफेमा सम्पन्न भएको कार्यक्रममा थुप्रै दोहोरी कलाकारहरुको उपस्थित रहेको थियो | लाइब दोहोरी गाउने कलाकारहरुको हकहितको लागि र लाइव दोहोरीमा देखिएको बिकृति विसंगति बिरुद्दमा उल्लेखिय काम गर्ने उदेश्यका साथ गठित सस्थाले आगामी दिनमा थप व्यवस्थित र मर्यादित बनाउदै लोक सस्कृतिकको जगेर्ना गर्ने सस्थाक्को मुख्य उदेश्य रहेको छ ।
आज सम्पन्न प्रथम अधिवेशनबाट चर्चित दोहोरी गायक रविन लामिछाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएकोमा चर्चित हुमुभएको छ | विगत एक दशक भन्दा वढि समयदेखी दोहोरी क्षेत्रमा अव्वल रुपमा चिनिएका लामिछाने विभिन्न संघ सस्थामा आवद्दता हुदै आएका छन् , लामिछाने अहिले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वयन समितिका प्रवक्ता एवम् गोरखा सांस्कृतिक समाजका महासचिव पदमा रहेर काम गरिरहेका छन् ।
इन्द्रेणीका संचालक एवम् समाजसेवी कृष्ण प्रसाद कंडेलको प्रमुख आतिथ्यता, रविन लामिछानेको सभापतित्व रहेको कार्यक्रमलाई गायक बालचन्द्र बरालले संचालन गर्नु भएको थियो | अग्रज गाएक इन्द्र जिसी ,बद्रि पराजुली , बिनोद श्रेष्ठ, पत्रकार सुमन पण्डित, सुनिल लामिछाने लगायतका बिशिस्ट अतिथि सहित अन्य धेरै लाइब दोहोरिसंग सम्बन्धित संचालकहरु अतिथिको रुपमा उपस्थित रहेको थियो । कार्यक्रम निकै सभ्य र सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको थियो, तदर्थ समितिले दुइ बर्ष पछी आज गरेको अधिबेशनमा रबिन लामिछानेको नेतृत्वमा पूर्ण कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको नामावली यसप्रकार रहेका छ | अध्यक्ष -रबिन लामिछाने बरिस्ठ उपाध्यक्ष -बबिता बानियाँ जेरी प्रथम उपाध्यक्ष -बाल चन्द्र वराल उपाध्यक्ष- श्याम राना उपाध्यक्ष-चिज गुरुङ उपाध्यक्ष- सुमन परियार उपाध्यक्ष महिला – मिना बुढाथोकी महासचिव -प्रकाश पराजुली उपमहासचिव -रेशम निर्दोष सचिव -वसन्त बिक महिला सचिव -टिका सानु कोषाध्यक्ष -मानसिंग खड्का सह -कोषाध्यक्ष – सुमन थापा सदस्यहरु : सविन आचार्य, प्रकाश रसाइली, तारा थापा, सुष्मा ठकुरी, टेकराज भण्डारी, निशान्त बिक, जीवन कडेल, सुमन खड्का, विवेक धिताल, रिता रावत, शोभा कार्की, डिल ब. तिरुवा, शंकर क्षेत्री, जिवन सिग्देल, हेमन्त खत्री, पवित्रा सर्तुंगे मगर, प्रीतम पोखरेल, अमृता लामिछाने, राम परियार, अस्मिता डिसी, गणेश कडेल, प्रशन्न पाठक, दिलिप बिक, प्रकाश परियार, लक्ष्मण पौडेल, वीर सिं सुनार, शर्मिला बीसी, कामना ओलि, धिरज कोइराला, रत्न श्रेष्ठ, सबिन गुरुङ, अमृत सापकोटा रहनु भएको छ ।