Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलको जन्मदिन, फोटोमा छोएर आशिर्वाद दिदै सेयर गर्नुहोस..

लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलको जन्मदिन, फोटोमा छोएर आशिर्वाद दिदै सेयर गर्नुहोस..

  • फाल्गुण ३, २०७८ मंगलवार
  • १५:०९:१५ बजे
  • 361
    SHARES
  • लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलको जन्मदिन, फोटोमा छोएर आशिर्वाद दिदै सेयर गर्नुहोस..

    कार्यक्रम इन्द्रेणी, इन्द्रेणी समाजका अध्यक्ष, संचालक तथा समाजसेवी आदरणीय व्यक्तित्व कृष्ण प्रसाद कँडेल ज्यूको आज जन्मदिन परेको छ। कृष्ण कँडेल वि.सं. २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् । हाल उनी काठमाडौंमा बस्दै आइरहेका छन् ।

    कृष्ण कँडेलका ३ भाइ र ४ दिदी बहिनीहरू छन् । कृष्ण कँडेल आफ्ना आमा बाबुका माइला सन्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनलाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ। उहाँको जिवनी यस्तो छ: कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यमा संलग्न व्यक्ति हुन् ।

    कृष्ण कडेललाई लोकप्रिय गायिका टिका सानु ले शुभकामना दिदै फेशबुक मा यस्तो लेखेकी छिन, “आदरणिय कृष्ण कंडेल दाइ” आज हजुर जन्मियको दिन रहेछ, हजुर लाई जन्म दिन को अगणित सुभकामना। हजुरको बारे मा जति शब्द हरु खर्चिय पनि अपुर्ण हुन्छ्न। अझै अगाडि बढ्दै जानू होला हामी सबै हजुरको साथमा छौ। “Happy birthday respected dai”

    बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्ण कँडेलले ५ कक्षा देखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दथे । रेडक्रस र स्काउटका तालिम समेत कृष्ण कँडेलले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुन्थे । स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसी सम्म अध्ययनपछि आरआर क्याम्पस काठमाडौंमा अध्ययन गर्दागर्दै कृष्ण कँडेल २०४८ सालमा नेपाली सेनामा भर्ना भएकाले उनले उच्च शिक्षा हासिल गर्न पाएनन् ।

    कृष्ण कँडेल समाज सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने गर्छन् र देश विदेशमा बसेका मनकारी नेपाली दाजुभाईको सहयोगमा आफुहरूले यो काम गर्न सफल भएको बताउँछन् । कृष्ण कँडेलकी पत्नीको नाम प्रतिमा कँडेल हो । कृष्ण कँडेललाई सङ्गीत जिवनमा सफल हुनमा उनकी पत्नी प्रतिमा कँडेलको हात रहेको कुरा कृष्ण कँडेल आफैले भनेका छन्। हाम्रो तर्फ बाट पनि कृस्ण कडेललाई जन्मदिनको हार्दिक मंगलमय शुभकमाना’

    इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ । समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ ।

    समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मुलन गर्नु नै समाज रुपान्तरण हो । कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्याक्तीत्व पनि हुनुहुन्छ । उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आउनुभएको छ ।

    उहाँ आगलागी भएका बस्तीमा गएर राहत प्रदान गरेका जोलन्त उदाहरण छन् । बाढी पहिरोले उठिबास गरायका नाना,माना, छानाको खोजिमा छटपटायका दुखि गरीबको बस्तीमा पुगेर सहयोग गरेको यस्लाई पनि महान कार्यको रुपमा लिने गरीन्छ । जहाँ राज्य पनि अहिले सम्म पनि पुग्न सकेको छैन जहाँ कृष्ण कंडेल पुग्नुभएको छ ।

    अशिक्षामा रुमालियका भाइबहिनी लाई इन्द्रेणीले सहयोग गर्दै आएको छ । यसरी हेर्दा बिश्व प्रशिद्ध कार्यक्रम इन्द्रेणीले सामाजिक रुपान्तरणमा सरकार पक्षलाई चुनौति दिएको पाइन्छ । त्यसकारण समाज रुपान्तरणमा कृष्ण कंडेलको अतुलनीय भुमिका रहेको पाइन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij