Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गायिका टीका सानू प्रहरीमा…

गायिका टीका सानू प्रहरीमा…

  • फाल्गुण ३, २०७८ मंगलवार
  • ०८:४४:४२ बजे
  • 283
    SHARES
  • गायिका टीका सानू प्रहरीमा…

    काठमाडौं / लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर चर्चामा आएकी गायिका टीका सानू नयाँ गीतको छायांकनमा प्रहरीको पोसाक लगाएर प्रस्तुत भएकी छिन् । गायक रवि लामिछाने, चिज गुरुङ लगायतका कलाकारहरु रहेको उक्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने निर्माण टीमले बताएका छन् ।

    त्यस्तै लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका टिका सानु हुन । उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

    पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् ।घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन ।

    २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक ।बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला ।

    हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij