Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

जाजरकोटका बलराम जोसँग रेखा थापाले कसिन लागेन गाँठो

जाजरकोटका बलराम जोसँग रेखा थापाले कसिन लागेन गाँठो

  • फाल्गुण २, २०७८ सोमवार
  • २१:२१:३२ बजे
  • 2.9K
    SHARES
  • जाजरकोटका बलराम जोसँग रेखा थापाले कसिन लागेन गाँठो

    अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । १ वर्षदेखि चिनजानको दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।

    रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् । ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निणर्य गरेका हौँ ।

    यसलाई जीवनको प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले रमाईला छ डटकमलसँग भनिन् । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् । बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् ।रेखाको पहिलो विवाह निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गरेकी थिइन् ।

    हिरो फिल्मबाट अभिनयसुरु गरेकी उनले करिब डेढ सय बढी फिल्महरुमा अभिनय गरेकी छिन् । रेखा राप्रपा पार्टीसँग आबद्ध छिन् । गएको महाधिवेशनमा रेखा महामन्त्रीमा पराजित भइन् । रेखा र बलराम बैबाहिक जीवनको शुभकामना ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij