Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

Logo

Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

हार्दिक बधाई ! चर्चित गायक अर्जुन खड्का बुवा बने बधाई दिनेको घुईचो (भिडियो सहित हेर्नुस)

हार्दिक बधाई ! चर्चित गायक अर्जुन खड्का बुवा बने बधाई दिनेको घुईचो (भिडियो सहित हेर्नुस)

  • फाल्गुण १, २०७८ आइतवार
  • १६:५६:४२ बजे
  • 738
    SHARES
  • हार्दिक बधाई ! चर्चित गायक अर्जुन खड्का बुवा बने बधाई दिनेको घुईचो (भिडियो सहित हेर्नुस)

    दोहोरि गायक अर्जुन खड्का र अनुजालाई पुत्र लाभ भएको छ , हाम्रो तर्फ बाट पनि उहाहरु दुबैलाई हार्दिक बधाइ तथा शुभकामाना !  गायक अर्जुन खड्काले आफ्नो फेश बुक मा खुशी हुँदै यस्तो स्टाटस लेखेका छ्न “स्वागत छ बाबू “

     
    ‘प्यारी अनुजा’ यो नौ महिना को यात्रा मा तिम्रा कति आँसु बगे कति रात ननिदाइ छ्ट्पटी मा बिते टाउको दुखेर रुदै बेहोशी भयौ र पनि पेट को बच्चा लाई असर पर्छ भनेर एउटा सिटामोल सम्म खान मानिनौ साच्चै म लाई पनि अनुभूती गर्ने अबसर प्रदान गरेउ आमा शब्द को गहिराइ ,
     
     
    ति अनिदा रात को, अबिरल आँसु को, असह्य पीडा को नकुनै लेखाजोखा छ नकुनै मूल्य कतै छ , छ त केबल सन्तान ले आमा भन्दा को आनन्द ,साच्चै यो तपस्या आज पूरा भएको छ सानू 9 महिना को तपस्या अनि त्यसपछी को अग्नि परिक्षा !! आफै लाई चिरा चिरा पार्दै नया फुलको रचना गरि ,
     
     
    आज माघ 27 गते अर्थात “feb10- Teddy Day (Valentine Day)” मा यो उपहार प्रदान गरेकी छौ र म लाई बाबा बन्ने शौभाग्य दिएकी छौ साच्चै तिमी कति माहान छौ सानू , तिमी लाई कोटि कोटि धन्यवाद अनि फेरि पनि स्वागत छ हामि दुई को मुटुको अंश तिमी लाई यो काख मा , हाम्रो सानो परिवार मा अनि यो सन्सार मा..

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij