Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

Logo

Monday, Nov 02 2026 सोमवार, कार्तिक १७ गते २०८३

लोकप्रिय निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

लोकप्रिय निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

  • माघ ९, २०७८ आइतवार
  • २२:००:०४ बजे
  • 479
    SHARES
  • लोकप्रिय निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्न सफल लोकप्रिय म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले भट्टलाई मिति २०७८ मंसिर १५ गतेको पदाधिकारीको बैठकले सदस्यमा मनोनित गरेको हो । निर्देशक भट्टसँगै संघमा गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त, मोडल सुनिल लामिछाने लगायतलाई पनि मनोनित गरिएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्यसमेत रहेका निर्देशक भट्ट लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका निर्देशक हुन् । उनले निर्देशन गरेका म्यूजिक भिडियोहरु सुपरहिट हुने गरेका छन् भने करोड क्लबमा प्रवेश गरेका धेरै भिडियोहरु उनकै निर्देशनमा रहेका छन् । गीतअनुसार भिडियोलाई निर्देशन र कोरियोग्राफीका माध्यमले सरल रुपमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल निर्देशक भट्ट साइभिजन प्रालिका संचालक समेत हुन् । ७ हजार भन्दा बढी म्यूजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गरेका निर्देशक भट्टको गीतसंगीतको योगदान उच्च रहेको र सांस्कृतिक संघमा पनि उनको उच्च कदर हुने गरी मनोनित गरिएका सांस्कृतिक संघका सभापति तीर्थ थापाले जानकारी दिए । FB_IMG_1642953915630.jpgसभापति थापाले भट्टलाई नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल सास्कृतिक संघको बिधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम केन्दीय सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ ।FB_IMG_1642953905832.jpg

  • सम्बन्धित विषय:

  • # प्रकाश भट्ट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij