Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

  • पौष २७, २०७८ मंगलवार
  • १२:४६:१० बजे
  • 302
    SHARES
  • जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

    ज्योतिष शास्त्रअनुसार जन्म समयका आधारमा पनि व्यक्तिको भविष्य र स्वभावबारे थाहा पाउन सकिन्छ रातमा जन्मिने व्यक्ति र दिनमा जन्मिने व्यक्तिबिच धेरै अन्तर हुन्छ । रातमा जन्मिने व्यक्ति जोखिम उठाउन डराउदैनन् भने दिनमा जन्मिने व्यक्ति धेरै नै इमान्दार हुने गर्दछन।

    दिनमा जन्मिने व्यक्तिको स्वभाव,दिनमा जन्मिने व्यक्ति रातमा जन्मिने व्यक्ति भन्दा कम साहसी हुने गर्दछन त्यसकारण जोखिम उठाउन डराउने गर्दछन्।दिनमा जन्मिने व्यक्ति भावुक हुने गर्दछन अरुको दुख देख्न सक्दैनन् सकेको सहयोग तुरुन्त गरि हल्छन। भगवान प्रति विश्वास गर्ने खालका हुन्छन उनीहरु शान्तिले काम गर्न रुचाउछन। दिनमा जन्मिने व्यक्ति आफ्नो कर्मको साथ साथै भाग्यमा पनि विश्वास गर्ने गर्दछन।

    घरपरिवार र समाजमा मान सम्मान प्राप्त हुन्छ। रातमा जन्मिने व्यक्ति भन्दा यिनीहरुको रिस कम हुन्छन र चाडै शान्त पनि हुने गर्दछन रातमा जन्मिने व्यक्ति अल्छी हुन्छन तर दिनमा जन्मिने व्यक्ति कुनै पनि काम गर्न अल्छी मान्दैनन हरेक काम इमान्दारीका साथनिभाउने गर्दछन

    रातमा जन्मिने व्यक्ति(यी व्यक्तिहरु दिनमा जन्मिने व्यक्ति भन्दा आत्माविश्वास खालका हुन्छन यसकारण सार्वजनिक स्थलमा बोल्न डराउदैनन्यी व्यक्तिहरु कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन तुरुन्त समस्याको हल गर्ने गर्दछन।

    रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबूत हुन्छन। जसका कारण उनीहरुमा पैसाको कमि हुदैन(रातमा जन्मिने व्यक्तिको स्वभाव आलोचक खालका हुन्छन त्यसैले जसको पनि आलोचना गर्न पछि पर्दैनन्।

    यो पनि पढ्नुहोस् :आइतवारको दिन यि मन्त्रको उच्चारण सहित उपासना गर्नाले मिल्नेछ चमत्कारीक लाभ !!:हिन्दु धर्ममा हरेक दिनको उत्तीकै महत्व हुन्छ । हरेक दिन कुनै न कुनै देवताका विशेष दिनका रुपमा पुजाआराधना गरिन्छ । आइतवार सुर्य भगवानका लागि विशेष दिन हो ।

    हिन्दु धर्ममा सुर्य सबै देवताहरू मध्य एक हुन्– सूर्य देव । धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको लागि महत्वपूर्ण दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ । सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिएको हो । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

    सुर्य पुराणमा सुर्यदेवको महत्वका बारेमा उल्लेख गरेको छ । धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

    कसरी गर्ने सूर्य देवको उपासना ?:धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

    यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

    सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

    व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ । सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

    ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

    यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

    अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij