Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

आज आईतवार गर्नुहोस् यी काम मिल्नेछ हप्ता भरी शुभ समाचार !

आज आईतवार गर्नुहोस् यी काम मिल्नेछ हप्ता भरी शुभ समाचार !

  • पौष २७, २०७८ मंगलवार
  • १२:४३:०३ बजे
  • 748
    SHARES
  • आज आईतवार गर्नुहोस् यी काम मिल्नेछ हप्ता भरी शुभ समाचार !

    आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन ।

    यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् ।तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

    ॐ सूर्याय नम:सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमःऊँ घृणि: सूर्यादित्योम,ऊँ घृणि: सूर्य आदित्य श्री,ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नम:हरेक आइतवार गर्नुहोस् यी काम,शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।

    ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् ।आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ ।

    bhagwanshv-1.jpg

    सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ ।अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ ।

    यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

    भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।१. सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

    २. दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

    ४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij