Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

डराऊने हैन कोरोनासंग !

५२ ओैंं वैवाहिक वर्षगाँठमा प्रचण्ड परिवारको कारुणिक तस्बिर

५२ ओैंं वैवाहिक वर्षगाँठमा प्रचण्ड परिवारको कारुणिक तस्बिर

  • बैशाख २६, २०७८ आइतवार
  • २३:५९:२२ बजे
  • 590
    SHARES
  • ५२ ओैंं वैवाहिक वर्षगाँठमा प्रचण्ड परिवारको कारुणिक तस्बिर

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिता दाहालबीच वैवाहिक सम्बन्ध कायम भएको ५२ औँ वर्ष भयो । आज उनीहरुको ५२ औं वर्षगाठँको अवसरमा सामाजिक सञ्जालमा फोटो सार्वजिनक भएको छ । जहाँ सिताको अवस्था गम्भीर देखिन्छ भने प्रचण्ड पनि रुन्चे हासोँ हासेको जस्तो देखिन्छ ।

    दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी ९प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी०बाट पीडित छन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या भोगिरहेकी छिन् । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

    प्राकृतिक चिकित्साविधीबाट उपचारका लागि भन्दै सीतालाई बाबा रामदेवको आश्रममा पनि लगिएको थियो । त्यसअघि प्रचण्ड पत्नीसहित म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि भन्दै पुगेका थिए । केही महिना अघि मात्र पनि सितालाई उपचारका लागि भारत लगिएको थियो । दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सीबाट पीडित रहेकी छिन् ।

    चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij